News Portal

  • कामना सेवा विकास बैंकले गर्यो २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    ९ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

    नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरूका धार्मिक स्थल तथा मन्दिरहरूलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।

    उक्त क्युआर कोड बैंकको सामाजिक सञ्जालहरू तथा वेबसाइटमार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरू समेत समावेश गरिएको छ ।

    प्रतिकृया दिनुहोस्