News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले निशुल्क एससीटी यूपीआई डेबिट कार्ड दिने

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    ११ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निशुल्क स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) यूपीआई डेबिट कार्ड दिने भएको छ । बैंकले बिना कुनै शुल्क उक्त एससीटी यूपीआई डेबिट कार्ड दिने जनाएको छ ।

    बैंकको ६०औँ वार्षिक उत्सवको अवसरमा उक्त योजना ल्याएको हो । साथै सो योजना चैत मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका ग्राहकले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्नेछन् ।

    एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, ई–कमर्सजस्ता सेवा लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्