News Portal

  • नेपाल बैंकले ३४ वटा सटर भाडामा दिने, प्रतिवर्गफुट १६२ रुपैयाँ, २ वर्षमा १० प्रतिशत भाडा वृद्धि

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०८१
    ११ पटक
    २५ फागुन, २०८१

    काठमाडौं । नेपाल बैंकले सटरहरू भाडामा दिने भएको छ । बैंकको प्रादेशिक कार्यालय गण्डकी प्रदेशको पोखरा पृथ्वीचोक स्थित व्यावसायिक भवनमा रहेका सटरहरू भाडामा दिने भएको हो ।

    बैंकको स्वामित्वमा रहेको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित अफिस कम कर्मसियल कम्प्लेक्स (पोखरा मल) मा रहेका बैंक प्रयोजन बाहेक ३४ वटा सटर भाडामा दिने भएको हो ।

    भाडामा लिन इच्छुकले १५ दिनभित्र बोलपत्र फाराम पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरू सरकारी प्रतिनिधि तथा बोलपत्रदाता र निजका प्रतिनिधिको रोहबरमा १६औँ दिनमा खोलिनेछ । बोलपत्रदाता तथा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न वाधा पर्ने छैन ।

    बोलपत्र पेश गर्ने व्यक्ति तथा कम्पनीले एउटा सटरदेखि सम्पूर्ण सटरका लागि आवेदन दिन सक्नेछ । बैंकका अनुसार भुइँ तल्लाको हकमा प्रतिवर्गफुट न्यूनतम १६२ रुपैयाँ र पहिलो तथा दोस्रो तल्लाको हकमा प्रति वर्गफुट न्यूनतम ६२.८८ रुपैयाँ तोकिएको छ । आवेदन दिँदा सो मूल्यभन्दा कम नहुने गरी अलग अलग भाडा रकम खुलाई बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ ।

    हाल भाडामा बसिरहेका व्यक्ति तथा कम्पनीले आवेदन दिन चाहेमा बोलपत्र पेश हुने समयसम्मको बाँकी घरभाडा वक्यौता रकम बुझाई सो को निस्सा बोलपत्र साथ पेश गर्नु पर्नेछ । बैंकको बोलपत्र फारामको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।

    बोलपत्र पेश गर्ने व्यक्ति तथा कम्पनीको हकमा विगत ३ वर्षदेखि व्यवसाय सञ्चालन गरेको र वार्षिक कारोबार कम्तिमा १ करोड रुपैयाँ भएको हुनु पर्नेछ । प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले घरभाडा वृद्धि हुने गरी ५ वर्षको लागि सम्झौता गरिनेछ ।

    प्रतिकृया दिनुहोस्