
काठमाडौं । नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच बैंकका ग्राहकलाई छुटलगायतका सुविधा दिने सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काइलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए ।
सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।