News Portal

  • कृषि विकास बैंकको मोबाइल एपमा अब नयाँ ‘एडीबीएल पे फण्ड ट्रान्सफर’को सुविधा

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०८१
    ९ पटक
    २३ फागुन, २०८१

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल पे थप गरी सञ्चालनमा ल्याएको छ ।

    बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरू बैंकको एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत प्रदान गर्दै आइरहेको छ ।

    यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा फन्ड ट्रान्सफर तथा वालेट लोड सुविधा सञ्चालनमा ल्याएको छ ।

    बैंकको मोबाइल बैंकिङ एप ’एडीबीएल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूले रकम ट्रान्सफर गर्न सक्ने जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नम्बर र खातावालाको नामसहित रकम प्रविष्ट गरेर सहज रूपमा सुरक्षित तवरले निर्धक्कसँग रकम पठाउन सक्छन् ।

    यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिनेछ ।

    यस्ता छन् विशेषताहरू :

    मोबाइल बैंकिङ एपमार्फत रकम ट्रान्सफर गर्न सकिने

    कृषि विकास बैंकका ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने

    द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने

    छिटो, छरितो र सहज कारोबार हुने

    ग्राहकमैत्री सहज सञ्चालन गर्न सकिने तुरुन्तै कारोबार हुने

    प्रतिकृया दिनुहोस्