News Portal

  • एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०८१
    ८ पटक
    २३ फागुन, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेकाे छ ।

    यसैगरी, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।

    साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्