News Portal

  • लक्ष्मी सनराइज बैंकको सवा १० लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०८१
    १३ पटक
    २१ फागुन, २०८१

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको करिब सवा १० लाख कित्ता शेयर बिक्री राखिएको छ।

    बैंकको संस्थापक समूहको १० लाख २४ हजार ६८५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा दिनुपर्नेछ।

    तोकिएको मितिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्