News Portal

  • नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

    आर्थीकसंसार संवाददाता२० फागुन, २०८१
    १४ पटक
    २० फागुन, २०८१

    काठमाडौं । नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा दिएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्राप्त गरेको हो ।

    उक्त अवार्ड नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख संचालन अधिकृत विकास आनन्द ले ग्रहण गरेका थिए । कार्यक्रममा मुख्य निर्णायक प्रा. डा. फत्त बहादुर केसीले अवार्ड प्रदान गरेका थिए भने शेयरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्सका अध्यक्ष मोहनराज ओझाको उपस्थिति रहेको थियो ।

    सो कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक को पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्