News Portal

  • सिटिजन्स बैंकले ल्यायो ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना

    आर्थीकसंसार संवाददाता८ फागुन, २०८१
    २० पटक
    ८ फागुन, २०८१

    काठमाडौं । प्रविधिको विकाससँगै बैंकहरूले ग्राहकले नयाँ–नयाँ सुविधामात्रै नभएर निक्षेप निक्षेप संकलनका लागि पनि नयाँ सोच राख्न लागेका छन् । डिजिटल बैंकिङको नाममा बैंकहरुले मोबाइल बैंकिङ मार्फत विभिन्न मर्चेन्टको बिल भुक्तानी जस्ता मात्रै सुविधाहरु दिँदै आएकोमा पछिल्लो समयम भने बैंकहरुले बैंकिङ योजना तथा प्रोडक्ट समेत मोबाइल बैंकिङमा ल्याउन लागेका छन् ।

    सिटिजन्स बैंकले हालै मात्रै मोबाइल बैंकिङमार्फत नै मुद्दति निक्षेप राख्न सक्ने ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ । बैंकले निक्षेपतर्फका ग्राहकहरूलाई लक्षित गरी डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो ।

    डिजिटल माध्यमको विकाससँगै लागत र समयको बचत गर्ने उदेश्यले बैंकको उक्त डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको बैंकले जनाएको छ । ग्राहकलाई डिजिटाइजेसनको ज्ञान वृद्धि गराउनको लागि बैंकले डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो ।

    उक्त प्रोडक्टको मूख्य उद्देश्य नै बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्नु रहेको छ । ‘बैंकले निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि यसले टेवा पुर्‍याउनेछ । खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य छ । डिजिटल कारोबारमा प्रोत्साहन गर्न र शतप्रतिशत कारोबार डिजिटल माध्यमबाटै गराउने योजना रहेको बैंकले जनाएको छ ।

    के हो डिजिटल फिक्स्ड डिपोजिट ?
    बैंकमा बचत खाता भएर मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने ग्राहकले सजिलै मोबाइल बैंकिङ मार्फत नै मुद्धति निक्षेपमा पैसा राख्न सक्ने सुविधा नै डिजिटल फिक्स्ड डिपोजिट हो । उक्त प्रोडक्टमा ब्याज पनि पाइन्छ । बैंकमा बचत खाता समेत अनलाइनबाट नै खोल्न सक्ने सुविधा रहेकोले ग्राहकले बैंकमा नगई मुद्दति निक्षेपमा रकम राख्नसक्ने सुविधा रहेको छ ।

    डिजिटल फिक्स्ड डिपोजिट खाता खोलेको एक वर्षसम्म अहिले दिएको ब्याजदर कायम नै रहनेछ । न्युनतम १० हजार रूपैयाँदेखि ५ करोड रूपैयाँसम्म डिजिटल मुद्दती निक्षेप राख्दा बैंकले अन्य मुद्दती निक्षेपभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर दिन्छ ।

    ‘मोबाइल बैंकिङबाट मुद्दती निक्षेप खाता खोल्दा बैंकले ५.७५ प्रतिशत ब्याजदर दिन्छ । अब ग्राहकले कुनै पनि बैंकिङ कारोबारका लागि बैंकसम्म धाउनुपर्दैन, सबै मोबाइलबाटै हुन्छ, घरमै बसेर बैंकिङ कारोबार गरौं भनेर ग्राहकलाई प्रोत्साहित गर्न खोजिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्