News Portal

  • ज्योति विकास बैंकका ग्राहकलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८१
    १४४ पटक
    १४ माघ, २०८१

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले र सिग्मा डायग्नोस्टिक प्रयोगशालाबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

    प्रतिकृया दिनुहोस्