News Portal

  • कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा २५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता१० माघ, २०८१
    २० पटक
    १० माघ, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच सम्झाैता भएकाे छ ।

    बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

    सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयु, शल्यक्रिया तथा एक्स-रे/युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

    विगत २३ वर्षदेखि कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्