News Portal

  • हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

    आर्थीकसंसार संवाददाता८ माघ, २०८१
    १४ पटक
    ८ माघ, २०८१

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    बैंक र बुद्ध एयर बिच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाई टिकटहरूमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

    हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

    बैंकका कार्डवाहक तथा ग्राहकहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटहरूका बारेमा जानकारीका लागि हिमालयन बैंकको वेबसाइटमा हेर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्