News Portal

  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, कसले पाउँछ आवेदन दिन ?

    आर्थीकसंसार संवाददाता८ माघ, २०८१
    ३४६ पटक
    ८ माघ, २०८१

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आज मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले आईपीओ निष्काशन खुला भएको हो।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ करोड ५० लाaxख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन भएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

    नेपाल माइक्रो नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त बीम कम्पनी हो । चितवनको भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्