News Portal

  • ६ महिनामा सिद्धार्थ बैंकको खुद नाफा ५३ करोड, यस्ता छन् अन्य सूचकहरु

    आर्थीकसंसार संवाददाता७ माघ, २०८१
    ३९ पटक
    ७ माघ, २०८१

    काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा घटेको हो।

    चालु आवको पुस मसान्तसम्ममा बैंकले ५३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा यो ५३।३६ प्रतिशत कम हो। गत आवको ६ महिनामा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    यो अवधिमा बैंकको कमिशन आम्दानी १८.६८ प्रतिशत घटेको छ भने खुद ब्याज आम्दानी ०.३० प्रतिशत बढेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा, वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    प्रतिकृया दिनुहोस्