News Portal

  • नेपाल एसबिआई बैंकले पुस्तकालयलाई दियो ३ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता६ माघ, २०८१
    ३९ पटक
    ६ माघ, २०८१

    काठमाडौं । नेपाल एसबिआई बैंकले नेपाल भारत मैत्री पुस्तकालयलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

    बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाको कास्कीमा रहेको नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन बहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्