News Portal

  • कामना सेवा विकास बैंकका ग्राहकले इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८१
    १३ पटक
    २४ पुष, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पताल प्रा. लि. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
    प्रतिकृया दिनुहोस्