काठमाडौं । मुक्त्तिनाथ विकास बैंकले १९ औं वर्ष प्रवेश गरेको अवसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्त्तिनाथ एनिभर्सरी बोनाञ्जा योजना ल्याएको छ ।
पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जनाले लक्की ड्रमार्फत मोबाइल फोन पाउनेछन् ।
बैंकका अनुसार यसैगरी १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने ग्राहकमध्ये दैनिक १९ जनाले लक्की ड्रमार्फत १०० रुपैयाँ टपअप प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने छ ।
यस्तै बैंकको मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ ग्राहकले लक्की ड्रमार्फत भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने बैंकले जनाएको छ ।
बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की डमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।
त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ ।
मोबाइल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने ग्राहकमध्ये दैनिक १ जनालाई लक्की ड्रमार्फत १,००० रुपैयाँ क्यास ब्याक र क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की ड्रमार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने बैंकले जनाएको छ । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ ।