News Portal

  • कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१८ पुष, २०८१
    ५६ पटक
    १८ पुष, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गरगरेमार्फत रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

    रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरे ।

    कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नाम बहादुर केसीले धन्यवाद ज्ञापन गरे ।

    उक्त कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. ३, ४ र ५ का वडा अध्यक्ष लगायत कामना सेवा विकास बैंकका बुटवल क्षेत्रीय प्रमुख खिमलाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारीको उपस्थिति थियो ।

    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिनेछ ।

    प्रतिकृया दिनुहोस्