News Portal

  • मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

    आर्थीकसंसार संवाददाता२ पुष, २०८१
    २५१ पटक
    २ पुष, २०८१

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।

    संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ ।

    बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय बैंकले गरेको छ।

    अब सोहीअनुसारको वित्तीय विवरण प्रकाशन गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिने बैंकले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट उक्त वित्तीय विवरण स्वीकृतिका लागि लैजाने बैंकले निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्