News Portal

  • नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०८१
    २८४ पटक
    २९ मंसिर, २०८१

    काठमाडौं । नेपाल बैंकको सिराहा जिल्ला स्थित गोलबजार शाखाको भवन उद्घाटन भएको छ ।

    बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार गर्ने गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्त रूपमा गोलबजार शाखाको समुद्घाटन गरे ।

    नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको यस भवनबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

    हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्