News Portal

  • महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल भुक्तानी केन्द्र’

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०८१
    ९ पटक
    २७ मंसिर, २०८१

    काठमाडौं । महालक्ष्मी विकास बैंकले एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको नीति बमोजिम डिजिटल भुक्तानी केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिने बैंकले जनाएको हो ।

    यस अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीहरुको आवेदन तथा अध्ययन शुल्क, पिटिई, स्याट, युएसएमएलई, जिआरई, एसीसीए जस्ता कोर्सहरुको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिने बैंकको भनाइ छ ।

    यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरुको नविनत्तम भुक्तानीका माध्यमहरुको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ । यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्