News Portal

  • एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८१
    २८६ पटक
    २५ मंसिर, २०८१

    काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भएकाले बैंकको सेवा अवरुद्ध हुने भएको हो ।

    बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि मंसिर २८ गते शुक्रबार साढे १० बजेदेखि मंसिर २९ गते शनिबार बिहान साढे १० बजेसम्म सेवा अवरुद्ध हुने छन् ।

    सो समयमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टर सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्