News Portal

  • नबिल बैंकमा एमएडब्ल्युको लगानी, ६३ सेयरधनीले होल्ड गरे १७ अर्ब ३० करोडको सेयर

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८१
    १२७ पटक
    २२ मंसिर, २०८१

    काठमाडौं । नबिल बैंकमा ६३ सेयरधनीहरूले एक लाख बढी कित्ता सेयर होल्ड गरेका छन् । बैंकका अनुसार गत असारसम्म १ लाख भन्दा बढी कित्ता धारण गरेका ६३ सेयरधनी छन् । जसमा ६३ सेयरधनीहरूसँग १७ अर्ब ३० करोड ६९ लाख ६० हजार रुपैयाँ बराबरका १७ करोड ३० लाख ६९ हजार ६ सय कित्ता सेयर स्वामित्व छ ।

    बैंकका अनुसार विभिन्न ६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी एन.बी.(ईन्टरनेशनल) लिमिटेड हो । एन.बी. इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँको सेयर स्वामित्व छ ।

    यस्तै, आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेशको ७.७७ प्रतिशत अर्थात् २ अर्ब १० करोड १७ लाख २६ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

    यस्तै राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात् २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६ सय रुपैयाँ सेयर स्वामित्व छ ।

    यस्तै, निर्वाणकुमार चौधरीको ०.७० प्रतिशत अर्थात् १८ करोड ९७ लाख ४५ हजार ९ सय रुपैयाँ र वरुण चौधरीको ०.६७ प्रतिशत अर्थात् १८ करोड ८ लाख ९८ हजार सय रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

    बैंकका अनुसार मुथुट फाइनान्सको ०.४४ प्रतिशत अर्थात् ११ करोड ९८ लाख ५३ हजार १ सय रुपैयाँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ०.२६ प्रतिशत अर्थात् ७ करोड १२ लाख ३४ हजार र एम.ए.डब्ल्यु इन्टरप्राइजेज् प्राइभेट लिमिटेडको ०.२२ प्रतिशत सेयर स्वामित्व छ ।

    बैंकको सञ्चालक अनन्त पौड्यालको २६ हजार १८८ कित्ता, प्रविन टिवडेवालाको १ हजार ५६ कित्ता र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको १० हजार ५९ कित्ता सेयर स्वामित्व रहेको छ ।

    बैंकका अनुसार स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ ।

    गत असारसम्म बैंकमा २ लाख ४४ हजार ३७९ सेयरधनी रहेका छन् । जसमध्ये १ देखि १ सय कित्ता सेयर धारण गरेका १ लाख ५ हजार ४४३ सेयरधनी छन् । यस्तै, १०१ सयदेखि ५ सय कित्ता धारण गरेका ६७ हजार ९ जना, ५०१ देखि १ हजार कित्ता धारण गरेका १५ हजार ९११ सेयरधनी छन् ।

    यस्तै, १ हजार १ देखि २ हजार ५ सय कित्ता धारण गरेका ९ हजार ८५७ जना, २ हजार ५०१ देखि ५ हजार कित्ता धारण गरेका ३ हजार ३८३ सेयरधनी, ५ हजार १ देखि १० हजार कित्ता सेयर धारण गरेका १ हजार ४४० सेयरधनी, १० हजार १ देखि २५ हजार कित्ता धारण गरेका १ हजार ५४ सेयरधनी रहेको बैंकले जनाएको छ ।

    बैंकका अनुसार २५ हजार १ देखि ५० हजार कित्ता धारण गरेका २३१ सेयरधनी, ५० हजार १ देखि १ लाख कित्ता धारण गरेका ८६ सेयरधनी छन् । अंशमा रहेका सेयरहरू ३९ हजार ९०२ छन् ।

    प्रतिकृया दिनुहोस्