News Portal

  • माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिए, २ जना भित्रिए

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८१
    ८२ पटक
    २१ मंसिर, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकबाट १ जना सञ्चालक बाहिरिँदा २ जना भित्रिएका छन् ।

    बैंकका संस्थापक सेयरधनी श्रीराम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलले सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

    सिग्देलले मंसिर १४ गते सञ्चालक समितिमा राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ ।

    यस्तै, मंसिर २० गते नै बसेको सञ्चालक समितिको बैठकले राम जानकीको तर्फबाट मुकुन्द महतलाई नियुक्त गरेको छ । यस्तै, सोही दिनको सञ्चालक समितिले अनिल साहलाई सञ्चालकमा नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्