News Portal

  • एनएमबि बैंकले पायो युएन वुमन डब्लुईपी अवार्ड

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०८१
    २२ पटक
    २० मंसिर, २०८१

    काठमाडौं । युएन वुमन एशिया प्यासिफिकले एनएमबि बैंकलाई २०२४ डब्लुईपी अवार्ड प्रदान गरेको छ । बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा सम्मान उक्त अवार्ड पाएको हो ।

    युएन वुमन र युएन ग्लोबल कम्प्याक्ट बाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तिकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ ।

    एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको बताइएको छ ।

    यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीअन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया-प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो विशेष अवार्ड बैंकलाई प्रदान गरिएको बताइएको छ ।

    यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रूपमा समावेशी र दीगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको पनि बैंकले जनाएको छ ।

    एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्