आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८१
१७ मंसिर, २०८१काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३८ औँ वार्षिक साधारणसभा मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ६ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।