News Portal

  • ज्योति विकास बैंकका ग्राहकलाई ‘हमर फिटनेस’ मा छुट

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
    २३ पटक
    १६ मंसिर, २०८१

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं स्थित हमर फिटनेस एण्ड जिममा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितको जिमले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ ।

    हालै बैंकले काठमाडौंस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

    प्रतिकृया दिनुहोस्