काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले आफ्ना शाखा/उपशाखा र कर्मचारीलाई डिजिटल माध्यमलाई प्रोत्साहन दिन आग्रह गरेका छन् । कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गएकाले आफूलाई सुरक्षित बनाई कार्यालय र व्यवसायलाई निरन्तरता दिन उनले सो आग्रह गरेका हुन् ।
इन्स्योरेन्सले प्रधान कार्यालय र शाखारउपशाखामा सर्तक हुँदै ज्वरो, खोकी र सास लिन गाह्रो हुनेलाई घरमा आराम गर्न लाउने र पिसिआर रिपोर्ट लिएमा मात्र काममा लगाउन आग्रह गरेको कुरा एक सूचना जारी गर्दै भनिएको छ । त्यस्तै, सरकार र स्वास्थ्य संस्थाले तोकेअनुसार स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा लागु गर्दै जान सबै कर्मचारीलाई आग्रह गरेको छ ।
सरकार र स्थानीय निकायले गरेको निषेधाज्ञा, लकडाउनलाई पूर्ण पालना गर्दै घरबाट इन्टरनेट, फोन, भाईबर र जुम माध्यमबाट सम्पूर्ण कारोबार सञ्चालनको व्यवस्था गर्न इन्स्योरेन्सले सबै शाखाका कर्मचारीलाई भनेको छ ।
प्रधान कार्यालयमा साउन २९ गतेबाट जोड बिजोडअनुसार ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी गराएका छन् । त्यसैले सोहीअनुसार शाखा/उपशाखाले सम्पर्क समन्वय गर्ने र ५० प्रतिशत कर्मचारीले घरबाट कार्यालयमा समन्वय गरी कामलाई निरन्तरता दिनुपर्ने छ ।
शाखा/उपशाखाले पनि भिडभाड कम गर्ने, सकभर डिजिटल माध्यमबाट काम गर्ने गराउने र निषेधाज्ञा र लकडाउन नभएका ठाउँको शाखा/उपशाखा अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने छ । प्रधान कार्यालय दैनिक सञ्चालनमा हुने भएकाले सम्पर्कमा रहन कम्पनीले आग्रह गरेको छ । साथै, यससम्बन्धी कुनै समस्या परेमा दुई जना नायब प्रमुख कार्यकारी अधिकृत र मार्केटिङ्ग प्रमुखसँग सम्पर्कमा रहने इन्स्योरेन्सले आग्रह गरेको छ ।
डिजिटल माध्यमलाई प्रोत्साहन दिनुपर्छः सीईओ भट्टराई
आर्थिकसंसार संवाददाता२८ साउन, २०७७
२८ साउन, २०७७- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता