News Portal

  • सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते हुने

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
    २१०५ पटक
    २९ मंसिर, २०७७

    काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ ।
    मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा तथा बुक क्लोजको मिति तय गरेको हो । बैठकले सभामा जाने प्रयोजनको लागि आगामी पुस ७ गते एक दिन बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
    सभाले सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद (कर समेत) गरी ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
    त्यस्तै, सभाले उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न गराउनको लागि सबै प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्