काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ ।
मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा तथा बुक क्लोजको मिति तय गरेको हो । बैठकले सभामा जाने प्रयोजनको लागि आगामी पुस ७ गते एक दिन बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सभाले सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद (कर समेत) गरी ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
त्यस्तै, सभाले उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न गराउनको लागि सबै प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते हुने
आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७७
२९ मंसिर, २०७७- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम