News Portal

  • गार्डियन माइक्रो लाइफले पायो आईपीओ निष्काशनको अनुमति

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०८१
    ३२८ पटक
    ९ मंसिर, २०८१

    काठमाडाैं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशनको अनुमति पाएको हो।

    कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले गत साउन २४ मा आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएको साढे ३ महिना पछि बोर्डले कम्पनीको आईपीओ स्वीकृत गरिदिएको छ।

    प्रतिकृया दिनुहोस्