काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्युआर मा अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआरतथा यसका ष्लतभचयउभचबदभि त्तच् को मर्चेन्ट क्युआर मा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।