काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रा.लि बिच व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर÷जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
घर÷जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम रु २ करोड सम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको रे पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
यस सम्झौताले आम ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।