News Portal

  • सानिमा बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०८१
    ११६ पटक
    ४ मंसिर, २०८१

    काठमाडौं । सानिमा बैंकको आफ्नो २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०८०/८१का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव अनुमोदन गरेको छ ।

    गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

    आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

    प्रतिकृया दिनुहोस्