आर्थीकसंसार संवाददाता४ मंसिर, २०८१
४ मंसिर, २०८१काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र वन्डर्स नेपालबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार एनआईएमबीका ग्राहकहरुलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २० प्रतिशत सम्म विषेश छुट दिने सहमति भएको छ ।एनआईएमबीका ग्राहकहरुले १ जनादेखि ५ जनासम्मले टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बताइएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।