News Portal

  • एकैपटक ४ वटा कम्पनीबाट बाहिरिँदै एनआईसी एशिया बैंक, १०१ रुपैयाँमै सेयर बेच्दै

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०८१
    ११ पटक
    ३ मंसिर, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो ।

    बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

    बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको प्रतिकित्ता २९७ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १७८ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ ।

    सेयर खरिदका लागि आवेदन दिँदा कम्तिमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर बिक्री प्रबन्धकको कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्