आर्थीकसंसार संवाददाता२ मंसिर, २०८१
२ मंसिर, २०८१काठमाडौं । प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले मंसिरमा ०.२५ प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४ प्रतिशत र रेमिट्यान्समा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो । ।
बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.९५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।