आर्थीकसंसार संवाददाता२ मंसिर, २०८१
२ मंसिर, २०८१काठमाडौं । माछापुच्छ्रे बैंकले ५ महिनापछि मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले मंसिरमा मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले ४ महिनादेखि व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्समा ८ प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो ।
बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकको आधार ८.१७ प्रतिशतबाट घटेर ७.५८ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत छ ।