News Portal

  • नबिल बैंकले काठमाडौं उपत्यकासहित २५ जिल्लामा जग्गा बेच्दै

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८१
    १९ पटक
    २६ कार्तिक, २०८१

    काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो ।

    नबिल बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीमा राखेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया र कैलाली जिल्लामा यस्ता गैह्रबैंकिङ सम्पत्ति लिलाममार्फत् बिक्री गर्न लागेको हो ।

    यस्तै, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाको गैह्रबैंकिङ सम्पत्ति लिलाममा राखेको हो ।

    उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले १५ दिन भित्र अर्थात् मंसिर ९ गतेसम्म कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्