News Portal

  • सिटिजन्स बैंकका ग्राहकले लेमन ट्री प्रिमियरमा २० प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८१
    ५९ पटक
    २३ कार्तिक, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबीच छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको आकर्षक छुट पाउने छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

    डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ बिस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्