News Portal

  • ग्लोबल आइएमई बैंकको साधारणसभा र बुक क्लोज मिति तय

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८१
    ३१४ पटक
    २० कार्तिक, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन सक्नेछन् ।

    बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव अनुमोदन गनृका लागि बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञम प्रतिष्ठान कमलादीमा गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्