काठमाडौं । ज्योति विकास बैंक र बजार दराज केयमु प्रालिबीच बैंकमा सम्झाैता भएकाे छ ।
ज्याेति विकास बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हाे ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ तथा ब्रान्डिङ प्रमुख कुशलजंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भुर्तेलले हस्ताक्षर गरे ।
यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ ।
ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरूले दराजकाे ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
हालै बैंकले काठमाडौंस्थित ‘किड्स कटेज’मा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै बैंकले ‘ट्रान्क्विलिटी स्पा’मा देशभरका १७ वटै आउटलेटमा ३० प्रतिशत तथा काठमाडौंस्थित ‘साकी बुटिक’ मा २५ प्रतिशत र ‘लुगा सुगा’ मा २२ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।