News Portal

  • १५ वर्षका लागि २ वटा घर भाडामा लिँदै हिमालयन बैंक

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०८१
    २५ पटक
    १२ कार्तिक, २०८१

    काठमाडौं । हिमालयन बैंकले घर भाडामा लिने भएको छ । बैंकले दुई वटा शाखा कार्यालय स्थापनाका लागि घर भाडामा लिने भएको हो ।

    बैंकले काठमाडौंको बालुवाटार र ठमेल क्षेत्रमा शाखा कार्यालय स्थापनका लागि घर भाडामा लिने जनाएको छ । २ हजारदेखि २ हजार ५ सय वर्गफुटसम्म क्षेत्रफल भएको घर भाडामा लिने बैंकले जनाएको छ ।

    भाडामा दिन इच्छुक घरधनीहरूले १५ दिनभित्र भाडा रकमसहित बोलपत्र पेश गर्नुपर्नेछ । भाडामा दिइने घर सार्वजनिक बाटोको क्षेत्रमा नपर्ने गरी निर्माण गरेको तथा घरको नक्सा सम्बन्धित निकायबाट पास भएको हुनुपर्ने, घरको भुई तल्लामा मूलसडक तर्फ एटीएमको लागि ५ फिट १० फिट क्षेत्रफल भएको कोठा उपलब्ध गराउनुपर्नेछ ।

    घरमा जेनेरेटर राख्नको लागि आवश्यक स्थान, गार्ड रुमको लागि १ वटा कोठाको समेत व्यवस्था हुनुपर्ने, घर भाडामा दिने अवधि शुरुमा कम्तिमा १५ वर्षको हुनेछ र तत्पश्चात आपसी समझदारीबाट नविकरण गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्