आर्थीकसंसार संवाददाता११ कार्तिक, २०८१

काठमाडौं । सानिमा बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले कात्तिक ९ गते स्वीकृत गरेको थियो।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।