News Portal

  • प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, यस्तो छ १२ वर्षको लाभांश इतिहास

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०८१
    ११ पटक
    ११ कार्तिक, २०८१

    काठमाडौैं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने भएकाे हाे ।

    बैंकको १२ वर्षको लाभांश इतिहास :

    १. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो आर्थिक वर्षमा बोनस सेयर वितरण भएको थिएन ।

    २. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस र ७.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ५. आर्थिक वर्ष २०७१/७२ : यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस र ०.९५ प्रतिशत नगद गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ६. आर्थिक वर्ष २०७२/७३ : यस आर्थिक वर्षमा बैंकले सेयरधनीहरूलाई १७.२५ प्रतिशत बोनस र १.२१ प्रतिशत नगद गरी कुल १८.४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    ७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले सेयरधनीहरूलाई २७ प्रतिशत बोनस वितरण गरेको थियो ।

    ८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो ।

    ९. आर्थिक वर्ष २०७५/७६ : यस आवमा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो ।

    १०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस वितरण गरेको थियो ।

    ११. आर्थिक वर्ष २०७७/७८ : यस आवमा बैंकले सेयरधनीका लागि १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    १२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आवमा ४ प्रतिशत बोनस र ४.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण गरेकामे थिएन ।

    प्रतिकृया दिनुहोस्