News Portal

  • ब्याज आम्दानी घट्दा हिमालयन बैंकको नाफामा संकुचन, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

    आर्थीकसंसार संवाददाता७ कार्तिक, २०८१
    १३ पटक
    ७ कार्तिक, २०८१

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    समीक्षा अवधिमा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३१.२२ प्रतिशतले घटेको छ।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक थियो।

    बैंकको सञ्चालन मुनाफा २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर २ अर्ब ४५ करोड ९ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ३ अर्ब १७ करोड ७९ लाख रुपैयाँ थियो।

    चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार घटेर २० अर्ब ७४ करोड २ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा २२ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा बैंकले ३ खर्ब २६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ४.६७ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १३.४२ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ईपीएस १९.५१ रुपैयाँ थियो। पीई रेसियो २०.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७९.६८ रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस्