News Portal

  • माछापुच्छ्रे बैंकमा महतोपछि ठूला सेयरधनी श्रेष्ठ पनि बाहिरिँदै

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०८१
    ८ पटक
    २ कार्तिक, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनीहरूमध्ये गणेश बहादुर श्रेष्ठ पनि एक हुन् । तर, ठूला संस्थापक सेयरधनी रहेको श्रेष्ठ आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् ।

    श्रेष्ठले बैंकमा रहेको आफ्नो स्वामित्वको साढे १० लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकले श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकको उक्त सेयरमा सर्वसाधारण जोकोहीले पनि आवेदन दिन सक्ने जनाएको छ । उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यसअघि दुईपटकसम्म सार्वजनिक सूचना आह्वान गर्दा पनि खरिदका लागि कुनै आवेदन नपरेकोले पुनः बिक्रीमा राखिएको बैंकले बताएको छ ।

    यसअघि गत वर्ष बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिएका थिए । उनले १ करोड १२ लाख ३२ हजार कित्ता सेयर बिक्री गरेका थिए । उनले बिक्रीमा राखेको सेयर कर्मचारी सञ्चय कोषले प्रतिकित्ता ११३ रुपैयाँमा खरिद गरेको थियो ।

    प्रतिकृया दिनुहोस्