News Portal

  • एआईआरडीसीको एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा चंकी क्षेत्री मनोनित

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८१
    २६९ पटक
    १ कार्तिक, २०८१

    काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री विकासोन्मुख देशहरुको बीमा तथा पुनर्बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय संस्था (एआईआरडीसी)को एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा मनोनयन भएका छन्।

    थाइल्यान्डको बैंककमा गत अक्टोर ८ मा सम्पन्न एआईआरडीसीको वार्षिक साधारण सदस्यता बैठकले क्षेत्रीलाई एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्य पदमा मनोनयन गरेको हो।

    बीमक संघका अध्यक्ष क्षेत्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्।
    प्रतिकृया दिनुहोस्