आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८१
१ कार्तिक, २०८१काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री विकासोन्मुख देशहरुको बीमा तथा पुनर्बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय संस्था (एआईआरडीसी)को एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा मनोनयन भएका छन्।
थाइल्यान्डको बैंककमा गत अक्टोर ८ मा सम्पन्न एआईआरडीसीको वार्षिक साधारण सदस्यता बैठकले क्षेत्रीलाई एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्य पदमा मनोनयन गरेको हो।