News Portal

  • ३० औं वार्षिकोत्सवमा एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०८१
    ९ पटक
    १ कार्तिक, २०८१

    काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ ।

    बैंकले ३० औं वार्षिकोत्सवकाे अवसरमा आर्थिक सहयाेग गरेकाे हाे ।

    एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्राडा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे ।

    यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएकाे छ ।

    उक्त अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीकाे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्।

    साथै बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्रसमेत वितरण गरिएको छ ।

    करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटीएम मेशीन रहेका छन् ।

    प्रतिकृया दिनुहोस्